महोत्तरी । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।
थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन