काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाइ गर्नुपर्ने माग राख्दै कानुन र विधिसम्मत् अदालतको विकृति हटाउनुपर्ने, माइट इज राइट होइन, रुल अफ लअनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनु पर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनुपर्ने मागसहित कालो र सेतो दुइटै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन व्यवसायी भूमिनन्द चुँडालले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा आइतबार बिहानदेखि कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै