‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बढाथोकीको समूह

सफल खबर संवाददाता

शनिबार, १३ कार्तिक २०७८, १९ : ५७
‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बढाथोकीको समूह

काठमाडौँ । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बढाथोकीको समूह बन्न सफल भएको छ । यस्तै बालचन्द्र बराल र शोभा कार्कीका समूह द्वितीय भएको छ ।

शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ । तृतीय र सान्त्वना समूहले क्रमशस् तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस