एनसेल वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १९ : ०२
एनसेल वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजयताको घोषणा भएको थियो । 

सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरुको सरहना गर्दछ ।  

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउदै सरकारलाई दीयो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ । 

“यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरु हामीले समाजको विकास र दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्यहरु मात्र नभएर हाम्रा सामाजिक पहलहरुको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायहरुलाई पुर्याएको सहयोग र योगदानको कदर हो । हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु ।” वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरु जित्न सफल भएकोमा खुसि  र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने । 

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि पाँच कम्पनीहरु सुचिकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सुचिकृत  भएका थिए । 

यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरुलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरुलाई सम्मान गर्दछ । 

यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरुका साथ हालैमात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरुको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरुलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरुलाई दिइन्छ जसले दीगो विकास लक्ष्यहरु प्राप्तिका लागि ठूलो सम्भावनाहरु बोकेको हुन्छ । 

गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्डबाट सम्मानित भएका थिए । लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ । 
 

प्रतिक्रिया दिनुहोस