भरतपुर महानगरबाट २३९ जना विद्यार्थीले पाए ११ र १२ का लागि पुर्णरुपमा छात्रवृत्ति

प्रकाश सिग्देल

मंगलबार, ०९ कार्तिक २०७८, १६ : ०१
भरतपुर महानगरबाट २३९ जना विद्यार्थीले पाए ११ र १२ का लागि पुर्णरुपमा छात्रवृत्ति

चितवन । भरतपुर महानगरले महानगर भित्रका २३९ जना विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पुर्ण रुपमा छात्रवृत्ति प्रदान गरेको छ । ११ मा छात्रवृत्ति पाएका २३९ जनाले १२ मा पनि त्यो छात्रवृत्ति निरन्तर पाउने छन् ।

महानगर भित्रका २८ वटा निजी तथा सामुदायीक बिद्यालयमा ११ र १२ को निशुल्क पढ्न पाउने गरी महानगरले छात्रवृत्ति प्रदान गरेको हो । अरोमा स्कुल भतपुरले सबै भन्दा बढि ४५ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

भरतपुर महानगर शैक्षिक प्रशासन महासाखाले महानगरमा एक कार्यक्रमको आयोजना गरी महानगर प्रमुख रेनु दाहालको हातबाट छात्रवृत्ति पाउन सफल बिद्यार्थी र कलेजलाई सिफारिस पत्र प्रदान गरेको छ ।

जेहन्दार बिद्यार्थी को रुपमा १०८ जना, गरिव तथा बिपन्न ८५ जना, आदिवासी जनजातिमा २४ जना, दलितमा १२, अपांगता भएका २ जना, जनआन्दोलन घाईतेका सन्तती ६ जना, शहिद परिवारबाट १ जना, मधेश आन्दोलन घाईतेका सन्तती १ जना गरेर २३९ जनालाई महानगरले पुर्ण रुपमा पारदर्शी तवरले तेरो मेरो नभनी छात्रवृत्ति प्रदान गरेका महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।

नगरवासीको हितमा रात दिन नभनी खटिएका छौ : नगर प्रमुख दाहाल

सिफारिस पत्र प्रदान गर्दै महानगर प्रमुख दाहालले महानगरको शैक्षिक विकासमा भरतपुर महानगर निकै लागेको र महानगरले महानगरका २८ विद्यालय संग समन्वय गरि २३९ बिद्यार्थीलाई निशुल्क रुपमा कक्षा ११ र १२ सम्म पढाउन सफल भएको बताईन् ।

८० प्रतिशत भन्दा कम हाजिर भएको अवस्थामा, उच्च ग्रेड हासिल नगरेको र बाल विवाह गरेको हकमा बाहेक ११ को छात्रवृत्ति १२ मा पनि निरन्तर प्रदान हुने भरतपुर महानगर प्रमुख दाहालको भनाई छ ।   

महानगरले महानगर क्षेत्रको चौतर्फी विकासका लागि आफुहरुले अहोरात्र काम गरेको र यस अघि पनि सरकारी बिद्यालयको शिक्षाको स्तर विकास संगै बिद्यार्थीको आकर्षण बढाउन स्कुल बस वितरण देखि भौतिक संरचना विस्तार र सुधारमा धेरै कामहरु ग्रिसकेको बताईन् ।

अवको छोटो समयमा पनि आफुहरुले महानगरवासीको धेरै भन्दा धेरै हितका लागि निरन्तर रातदिन नभनि लागिरहने प्रतिवद्धता जनाईन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार बिकास सबै क्षेत्रमा महानगरले अनवरत रुपमा सार्थक कामहरु गरेर परिणाम दिएको उनको भनाई छ ।

देशकै भविष्य बनाउने गरि पढ्नुस  ः उपमेयर ठकुरी  

कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वति शाह ठकुरीले प्रमुख र उप प्रमुखले आफ्नो स्वार्थमा रहेर विद्यार्थी छनोटमा कहिल्यै शैक्षिक प्रशासन महासाखालाई दावाव नदिएको बताईन् ।

स्वतन्त्र पुर्वक विद्यार्थी छनौट भएको र  छनौटमा परेका सबै बालबालिका आफुहरुकै भएको उनको भनाई छ ।  

आफनो र परिवारको लागि मात्रै नभै देशकै भबिष्य बनाउनका लागि राम्रो संग उच्च शिक्षा अध्ययन गर्न उनले बिद्यार्थीलाई आग्रह गरिन ।

कसले कति बिद्यार्थी पढाउछन् 

एपेक्स ले १३ जना, लिटिल फलावरले ४ जना, प्रेसीडेन्सी कलेजले २ जना, शहिद स्मारक कलेजले ९ जना, सप्तगण्डकी कलेजले ११ जना, स्टेप बाई स्टेपले ४ जना, चितवन इङ्लिस बोडिङले २ जना बिद्यार्थी लाई छात्रवृत्ति दिएका छन् । त्यस्तै बालकुमारी कलेजले १२ जना, अर्किड स्कुलले २० जना, ईडन गाडेनले १० जना, अर्बिट युनिटले ४ जना, गुरुकुल कलेजले ६ जना, अंकुरम एकेडमीले १०, जना र अरोमा स्कुलले ४५ जना, लाई छात्रवृत्ति दिएका छन् ।

एसओएसले ५ जना, ग्रिन लेण्डले ३ जना, नारायणी पब्लिकले १४ जना, शान्ति बिद्यालयले २, होलि भिजनले १, प्रेरणाले १०, बाल्मिकिले २६, सनराईजले ७, नारायणी बिद्या मन्दिरले १, पारिजात स्कुलले १, पिस जोनले १, मिलि जुलि स्कुलले १, उसा बोर्डिङले ४, मैयादेबी कलेजले ११ लाई छात्रवृत्ति प्रदान गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत शिव ढुङ्गानाले बताए । 

प्रतिक्रिया दिनुहोस