रजनीकान्तलाई दादा साहव फाल्के अवार्ड

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १२ : ५५
रजनीकान्तलाई दादा साहव फाल्के अवार्ड

काठमाडौं । भारत सरकारले सोमबार सुपरस्टार अभिनेता रजनी कान्तलाई ५१औं दादा साहव फाल्के अवार्ड प्रदान गर्ने भएको छ । डाइरेक्टोरेट अफ फिल्म फेस्टिवल इन्डियाले भारतीय फिल्ममा सानदार योगदान गरेबापत उनलाई यो अवार्ड दिन लागिएको जानकारी गत अप्रिलमै दिएको थियो । 

रजनीकान्तले एक पोस्टमार्फत आफू दादा साहव फाल्के अवार्डबाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताएका छन् ।‘अक्टोवर २५ मेरा लागि जीवनकै सबैभन्दा महत्वपूर्ण दिन हुनेछ,’ उनले लेखेका छन्, ‘मलाई एकसाथ दुईटा खुसी मिल्दैछ ।

पहिलो आमजनताको मायाका कारण सरकारले मलाई दादा साहव फाल्के अवार्ड दिँदैछ । दोस्रो, सोही दिन मेरी छोरी सौन्दर्या बिसागनले बनाएको निकै उपयोगी ‘हुट’ एप्स लन्च हुँदैछ । उक्त एप्स मेरो आवाजमा छ । यसमा मलाई निकै खुसी लागेको छ ।’ 

आफ्ना गुरु के।बालाचन्दरले आफूले दादा साहव फाल्के अवार्ड प्राप्त गरेको देख्न नपाएकोमा भने रजनीकान्तले दुःख व्यक्त गरेका छन् । उनका गुरुको केही वर्षअघि नै निधन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस