नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १६ : ४१
नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । 

CG Developers Tansen Cement box

अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिएका हुन् । 

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर  बन्न नसकेको बताए । साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस