तिहारअघि लाइसेन्स आवेदन खुल्ने

पत्रपत्रिकाबाट

आइतबार, ०७ कार्तिक २०७८, ०७ : ५१
तिहारअघि लाइसेन्स आवेदन खुल्ने

काठमाडौं । कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

CG Developers Tansen Cement box

गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो ।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस