सिरियामा अमेरिकी हवाइ हमलामा प्रमुख अलकायदा नेता मारिए

एजेन्सी

शनिबार, ०६ कार्तिक २०७८, १२ : ५३
सिरियामा अमेरिकी हवाइ हमलामा प्रमुख अलकायदा नेता मारिए

दमास्कास । अमेरिकी सेनाले सिरियामा गरेको हवाइ हमलामा अलकायदा संगठनका एक प्रमुख नेता अब्दुल हमिद अल मतर मारिएका छन् । अमेरिकी केन्द्रिय कमान्डका प्रवक्ता मेजर जोन रिस्ग्बीले शुक्रबार यस्तो जानकारी दिए ।

अलकायदाका प्रमुख नेता मारिएपछि विश्वभर हमलाको योजना बनाउने र उनीहरुलाई सघाउने क्षमतामा कमी आउने आशा उनले व्यक्त गरे ।उनका अनुसार उक्त हमला एमक्यू(नाइन एयरक्राफ्टमार्फत गरिएको थियो । यो हमलाका सर्वसाधारणलाई असर नपुगेको समेत अमेरिकी सेनाले दावी गरेको छ ।

दुई दिनपहिले दक्षिण सिरियामा रहेको अमेरिकी पोस्टमाथि आक्रमण भएपछि अमेरिकाले प्रत्याक्रमण गरेको हो । यो हवाइ हमला इदबिल सहरमा भएको थियो । उक्त इलाका सिरियाको हतियारधारी समूह विद्रोही गुटको हातमा छ ।सिरियमा लामो समयदेखि युद्ध चलिरहेको छ । सन् २०११ देखि अहिलेसम्म सिरियमा चलेको युद्धमा ५ लाख जनाको मृत्यु भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस