सिरिया । सिरियाली अधिकारीहरूले उत्तरपश्चिमी लताकिया प्रान्तमा लगातार चार दिनदेखि लागेको डढेलोले ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताएका छन् । आगो नियन्त्रण गर्न आइतबार संयुक्त अपरेशन कोठा स्थापना गरेका छन् ।
सिरियाको आपतकालीन तथा विपद् व्यवस्थापन अधिकारीका प्रमुख रैद अल–सालेहले सञ्चालन कोठाले पानीका ट्याङ्करहरू सुरक्षित गर्ने, स्वयंसेवकहरू तैनाथ गर्ने र आगो नियन्त्रणका लाइनहरू काट्न भारी मेसिनरी प्रयोग गर्ने काम शुरु गरेको छ ।
खडेरी, तेज हावा र विस्फोट नभएका युद्धका अवशेषहरूका कारण आगो द्रुत गतिमा फैलिरहेको अल–सालेहले बताउनु भयो । टर्की र जोर्डनका आपतकालीन एकाइहरूसँगै ९० स्थानीय अग्नि नियन्त्रक टोलीहरू र १५० भन्दा बढी सवारी साधनहरू तैनाथ छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ असार २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरियामा इजरायली आक्रमणको निन्दा
सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु