धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।
बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।
'एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्ताे हाेइन, एमसीसी नेपालको हितमा छ, नि:शर्त पास गर्नुपर्दछ ।’
५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा