दशैँमा मानव सेवा आश्रमले गर्यो ३९ जनाको उद्धार, २३ जनाको पुनर्मिलन

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, ०८ : ३१
दशैँमा मानव सेवा आश्रमले गर्यो ३९ जनाको उद्धार, २३ जनाको पुनर्मिलन

file Photo

काठमाडौं । बडा दशैँको समयमा मानव सेवा आश्रमले देश भरिबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी गराएका छन् ।

देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म ूयसपालीको दशैँमा कोही पनि मानिस सडकमा नरहुन्ू अभियान सन्चालन गरेको थियो ।

सडकपेटीमा रहेका अधिकांश मानिसहरु कुलतको सिकार भई स्वच्छन्द जीवनयापन गरिरहेकाहरु भेटिएका छन् । यसरी स्वच्छन्द जीवनयापन गर्ने व्यक्तिहरु मानवसेवा आश्रमको संरक्षणको लागि उपयुक्त नरहेको बताएका छन् ।

आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत गरेको छ । १८ जनाको पारिवारिक पुनर्मिलन गरेको र ५ जनाको सामुदायिक पुनर्स्थापना गरेको छ । ४ जनाको आश्रममा नै कालगतिले निधन भएको छ ।

सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमले वि।स २०६९ सालदेखि ६०७० जनाको उद्धार गरिसकेको छ । हाल आश्रममा १४०० जना बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस