सुनसरी । सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका(२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।
दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ