गृह मन्त्रालयले भन्यो – बाढीपहिरोमा ७७ जनाको मृत्यु, आजमात्रै ५० जनाको ज्यान गयो

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १९ : २७
गृह मन्त्रालयले भन्यो – बाढीपहिरोमा ७७ जनाको मृत्यु, आजमात्रै ५० जनाको ज्यान गयो

काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । 

गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक रएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

उनका अनुसार बाढीरपहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।