काठमाडौं । बुधबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ । लगातार घटेको बजारमा बुधबार ६०.५६ अंकले वृद्धि देखिएको हो । बुधबार बजार २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो ।
बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो ।
बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए ।
आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो । एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरैले घट्यो । बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा भने नविल बैंक रह्यो । यो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु