नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १८ : ५९
नारायणीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

चितवन। नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५०÷५५ वर्षका पुरुष पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हामफालेका पुरुषको परिचय खुल्न सकेको छैन । प्रहरीले हामफालेका पुरुषको खोजी भइरहेको जनाएको छ । हामफालेका पुरुषले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस