प्रधानन्यायाधीश नियुक्तिमा जालझेल गर्न अध्यादेश ल्याइयो: सभापति थापा

सफल खबर संवाददाता

बुधबार, २३ बैशाख २०८३, १५ : ०९
प्रधानन्यायाधीश नियुक्तिमा जालझेल गर्न अध्यादेश ल्याइयो: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आपत्ति जनाएका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो खल्तीबाट झिकेको नाम प्रधानन्यायाधीश बनाउनेको लागि भोलि बैठक राखेको बताए।

उनले भने, ‘प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे रास्वपाले एउटा सोच बनाएको छ। भोलि संवैधानिक परिषद्बाट तर्कसहित निर्णय गराउँछु भनेर होइन। आफूले प्रस्ताव गरेको पारित गराउनको लागि जालझेल गरिएको छ। प्रधानमन्त्री, सभामुख र भोलि कानूनमन्त्री आउनुहुन्छ। कानूनमन्त्री आइसकेपछि तीन जनाले पारित गरेपछि बहुमत हुन्छ।’

संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्नको लागि अध्यादेश ल्याइएको बताए। विगतका प्रधानमन्त्री पनि प्रयास गरेको भए पनि आफूहरूले रोकेको भए पनि अहिले नसकेको बताए।

प्रतिक्रिया दिनुहोस