काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको बताएका छन् ।
दसैँ, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।”
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएको एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दावी गरे । आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उहाँले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे ।
जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे । उनले दसैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गरेका छन् ।
विसं २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आउएका छन् । गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ असोज २०७८, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली