नेपालको बंगलादेशविरुद्ध बराबरी गोल, अञ्जन विष्टको पेनाल्टीको कमाल

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १८ : ३९
नेपालको बंगलादेशविरुद्ध बराबरी गोल, अञ्जन विष्टको पेनाल्टीको कमाल

काठमाडौं । साफ च्याम्पियनसीप अन्तरगत नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ । खेलको ८७ औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल गरेका हुन् ।

बंगलादेशी रक्षकले डि एरियाभित्र फाउल खेलेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त मौकालाई सदु्पयोग गर्दै अञ्जनले बललाई जाली चुमाएका हुन् । बंगलादेशी गोलकिपरले रेड कार्ड पाएपछि अहिले बंगलादेश १० खेलाडीमा सिमित छ ।

प्रतिक्रिया दिनुहोस