मुगुमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १४ : ४१
मुगुमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ। प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए ।

उनीहरुमध्ये अधिकांश घाइते भएको र अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए । हताहतिको विवरण आउन बाँकी छ । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । 

प्रतिक्रिया दिनुहोस