मुगुमा दूरसञ्चार पहुँच कमजोर, सुधारका लागि सञ्चार मन्त्रीको ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०८२, १३ : ३४
मुगुमा दूरसञ्चार पहुँच कमजोर, सुधारका लागि सञ्चार मन्त्रीको ध्यानाकर्षण

 

 

light_mode

 

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा दूरसञ्चार पहुँच कमजोर, सुधारका लागि सञ्चार मन्त्रीको ध्यानाकर्षण

प्रशासन

प्रशासन डेस्क

काठमाडौँ । दुर्गम हिमाली जिल्ला मुगुमा गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा अभाव रहेको विषयमा स्थानीय युवाहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाको ध्यानाकर्षण गराएका छन्।

युवाहरूले सरकारको शासकीय सुधारसँग सम्बन्धित कार्यसूचीमा समेत दूरसञ्चार पूर्वाधार विस्तारको विषय पर्याप्त रूपमा समेटिन नसकेको उल्लेख गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले उक्त विषयलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आशिष देवकोटाको नेतृत्वमा काठमाडौँ आएका प्रतिनिधिमण्डलले सञ्चार मन्त्रीसँग भेटघाट गरी मुगुको भौगोलिक जटिलता, सेवा विस्तारमा देखिएका अवरोध तथा सम्भावित समाधानका उपायहरूबारे जानकारी गराएका छन्।

प्रस्तुत विवरणअनुसार जिल्लाभित्र रहेका कुल २४ दूरसञ्चार टावरमध्ये आधाभन्दा कममा मात्र चौथो पुस्ताको (४जी) सेवा सञ्चालनमा रहेको छ। बाँकी क्षेत्रमा अझै पनि दोस्रो पुस्ता (२जी) वा कमजोर नेटवर्कको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

त्यस्तै, ४५ स्थानीय तहका वडामध्ये करिब दुई तिहाइ वडामा मात्र सीमित सञ्जाल पुगेको र प्रभावकारी इन्टरनेट पहुँच अत्यन्त न्यून-५ प्रतिशतभन्दा कम रहेको तथ्य पनि उनीहरूले प्रस्तुत गरेका छन्।

६४ हजारभन्दा बढी जनसंख्या भएको मुगुमा डिजिटल सेवा उपयोग गर्ने नागरिकको संख्या न्यून रहेको र अधिकांश बासिन्दा अझै पनि सूचना प्रविधिमा आधारित सेवाबाट वञ्चित रहेको भन्दै आवश्यक पूर्वाधार विस्तारका लागि सरकारसँग पहल गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस