पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।
उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती