पोखरा राइनोज १११ रनमै अलआउट

एजेन्सी

शनिबार, २३ असोज २०७८, १५ : २२
पोखरा राइनोज १११ रनमै अलआउट

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि पोखरा राइनोजले चितवन टाइगर्ससमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पोखरा १७।५ ओभरमा १११ रन बनाउँदै अलआउट भएको हो । 

पोखराका लागि एसेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रिचार्ड लेभीले २६ रन बनाउँदा  विपिन रावलले १७ रन जोडे । कप्तान विनोद भण्डारीले २२ रनमा क्याच आउट भए ।  मध्यम सुरुवात गरेको पोखराका खेलाडी ठुलो सट खेल्ने धुनमा क्रिजमा टिक्न सकेनन् । 

पोखरालाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, करिम जनत र शेकुगे प्रसन्नाले समान २र२ विकेट लिँदा कप्तान सोमपाल कामी र सागर ढकालको नामा १र१ विकेट रह्यो  । ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस