ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, ०९ : ४८
ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को  उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । 

दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

यी दुई टोली यही संस्करणमा दुई पटक भेट हुँदै दुवै पटक चितवन विजयी भएको थियो । चितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो ।

लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो । यसअघि चितवन र पोखराबीच दुई खेल हुँदा दुवै खेलमा चितवनले सहज जित हात पारेको थियो । 

प्रतिक्रिया दिनुहोस