काठमाडौं । सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ ।
सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।
घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो ।
सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने र त्यसका लागि न्यायाधीशहरू तोक्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २० असोज २०७८, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी