फेसबुक , इन्स्टाग्राम र ह्वाट्स एप संसारभरि डाउन

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, २२ : २५
फेसबुक , इन्स्टाग्राम र ह्वाट्स एप संसारभरि डाउन

काठमाडौं । संसारभरि अर्बौँ प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भातृ सामाजिक सञ्जालहरु इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकी नेपाली समयअनुसार करिब साढे नौ बजेदेखि ठप्प छन् ।

फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन ।  यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।

फेसबुक यो तहमा डाउन भएको सम्भवत: पहिलोपटक हो । यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटिका कारण फेसबुक केही समय बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस