काठमाडौ । आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् ।
मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । निर्वाचनको यो माहोलले गाउँसहर तात्दै छ । त्यसरी नै निर्वाचनसँग सम्बन्धित टीकाटिप्पणी (कन्टेन्ट) ले भरिभराउ छन्, सामाजिक सञ्जाल ।
सूचना र ज्ञानका लागि सामाजिक सञ्जालमा बढ्दो सक्रियतालाई ख्याल राखेका उम्मेदवारहरू आफ्नो डिजिटल उपस्थितिलाई पनि सकेसम्म बलियो र प्रभावकारी बनाउने प्रयत्नमा जुटेका छन् । त्यसैले हुन सक्छ, नेपालीको सबैभन्दा धेरै उपस्थिति रहेको सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनकेन्द्रित सामग्री बढाउने र धेरैमाझ पुग्ने प्रयासमा उम्मेदवारहरू देखिन्छन् । भर्चुअल रूपमा उम्मेदवारले बढाइरहेको यही उपस्थितिले फेसबुकलाई भने लाभ मिलिरहेको छ ।
धेरैभन्दा धेरै मतदातासँग पुग्न फेसबुकमा आफ्नो पेज अथवा अकाउन्ट विज्ञापन गर्ने प्रवृत्ति अहिले झन् बढेको छ । ‘स्पोन्सर्ड’ भनिने त्यस्ता अकाउन्टबाट आफूलाई परिचित गराउने र एजेन्डा विस्तार गर्ने प्रकृतिका कन्टेन्ट फेसबुकमा प्रकाशित भइरहेका देखिन्छन् । निर्वाचन आचारसंहिताका कारण कतिपय उम्मेदवारले अरूका अकाउन्टबाट पनि निर्वाचनसँग सम्बन्धित सामग्री फेसबुकमा फैलाइरहेका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ माघ २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज