मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर : वकिल

रासस

सोमबार, १८ असोज २०७८, १६ : १७
मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर : वकिल

म्यानमार । म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो ।

७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ । 

उनले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागी निवेदन दिएको उनको वकिल खिन माउङले बताएका छन् । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताएका छन् । 

गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू  विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।(एएफपी)