म्यानमार । म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो ।
७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ ।
उनले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागी निवेदन दिएको उनको वकिल खिन माउङले बताएका छन् । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताएका छन् ।
गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।
विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।(एएफपी)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ असोज २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प