काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बादुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्तिप्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको रिहाइलगायतका सहमति हालसम्म पनि पूरा हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !