ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १२ : ०२
ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्दैछन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी लिगमा दोस्रो जितको खोजीमा रहेको छ । २ खेलबाट २ अंक जोडेको काठमाडौं ६ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा रहेको छ । उता करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ ।

प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन । जारी प्रतियोगितामा विराटनगरको यो अन्तिम खेल हो । आजको दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स भिड्नेछन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर ४ खेलमा ३ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ । ३ खेलमा ६ अंक जोडेको चितवन भने शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस