बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १७ : १८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ बस्ने ६७ वर्षीय नारायणभक्त संगतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सिफलबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस