राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित

रासस

विहीबार, १४ असोज २०७८, १३ : १४
राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित

काठमाडौं । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो ।

प्रतिक्रिया दिनुहोस