एजेन्सी । जापानमा सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदैछ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताईसकेका छन् ।
बुधबारको मतदानमा दुई महिलासहित चार जना पार्टी नेताका लागि प्रतिष्प्रर्धा गरिरहेका छन् । पार्टीबाट छनौट हुने नेताले केही साताभित्र हुने आमनिर्वाचनको सामना गर्नुपर्ने हुन्छ ।
पार्टी नेताका लागि तारो कोनो, फुमिओ किशिदा, सानाई ताकाइची र सिको नोडाले प्रतिष्प्रर्धा गरिरहेका छन् । प्रतिष्प्रर्धीमध्ये ५८ वर्षीय कोनो वर्तमान सरकारका खोपमन्त्री हुन् ।
त्यस्तै किशिदा पूर्वविदेशमन्त्री हुन् भने अर्का उम्मेदवार ताकाइची पूर्वहमन्त्री हुन् । अर्का प्रतिष्प्रर्धी नोडा लिबरल पार्टीको भातृ संगठनका नेता हुन् । कोनो आगामी प्रधानमन्त्रीको प्रमुख दाबेदार रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ असोज २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने