एजेन्सी । जापानमा सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदैछ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताईसकेका छन् ।
बुधबारको मतदानमा दुई महिलासहित चार जना पार्टी नेताका लागि प्रतिष्प्रर्धा गरिरहेका छन् । पार्टीबाट छनौट हुने नेताले केही साताभित्र हुने आमनिर्वाचनको सामना गर्नुपर्ने हुन्छ ।
पार्टी नेताका लागि तारो कोनो, फुमिओ किशिदा, सानाई ताकाइची र सिको नोडाले प्रतिष्प्रर्धा गरिरहेका छन् । प्रतिष्प्रर्धीमध्ये ५८ वर्षीय कोनो वर्तमान सरकारका खोपमन्त्री हुन् ।
त्यस्तै किशिदा पूर्वविदेशमन्त्री हुन् भने अर्का उम्मेदवार ताकाइची पूर्वहमन्त्री हुन् । अर्का प्रतिष्प्रर्धी नोडा लिबरल पार्टीको भातृ संगठनका नेता हुन् । कोनो आगामी प्रधानमन्त्रीको प्रमुख दाबेदार रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ असोज २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन