एमालेको स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनका विषयमा पनि छलफल

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, ०९ : ३४
एमालेको स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनका विषयमा पनि छलफल

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने एक नेताले बताए ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो । छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।

हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो । त्यस्तै बैठकमा १० बुँदे कार्यान्वयन नभएकोबारे उठेको कुरामाथि पनि छलफल हुने छ। विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस