काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौँ विश्व सम्मेलनमा हङ्गकङ्ग निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि हङ्गकङ्गमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आएका छन् । मातृभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका गुरूङ्गले समृद्ध नेपालको अभियानमा कुशलतापूर्वक लाग्दै र सहयोग गर्दै आएका छन् ।
एनआरएनए आन्दोलनमा लामो समयदेखि होमिएका गुरूङ्ग विश्वभरी रहेका नेपालीको हक, हित र उन्नति प्रगतिका लागि निरन्तर लाग्दै आएका छन् । “सकारात्मक पहलको निरन्तरता, परिणाममुखी कार्यको प्रतिवद्धता” भन्ने मूल नाराका साथ उनको आगामी विश्व सम्मेलनमा सह–संयोजक पदमा उम्मेदवारी रहेको छ ।
अग्रजहरूको सकारात्मक कामलाई निरन्तरता, पारदर्शीता, भू.पू. सैनिकको आवाजको बुलन्दता, प्राविधिक शिक्षामा जोड, शिक्षा र स्वास्थ्यमा जोड लगायतका प्रतिवद्धताका साथ गुरूङ्गले उम्मेदवारी दिएको बताए ।
विश्वभर रहेका नेपालीहरूले आफूलाई सो विश्व सम्मेलन मार्फत् वर्ष २०२१–२३ का लागि एसिया प्रशान्त क्षेत्रीय सह–संयोजक पदमा विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू सधैँ नेपाल, नेपाली, एनआरएनए र विश्वभर रहेका नेपालीहरूको हितमा सधैँ लागि रहको र लागि रहने समेत बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित
‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न
एनआरएनएको एकता महाधिवेशनका लागि काठमाडौँमा चहलपहल
सर्वोच्चमा के थियो आरके शर्माको मुद्दा ?