काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौँ विश्व सम्मेलनमा हङ्गकङ्ग निवासी समाजसेवी दिलिप सिंह गुरूङले एसिया प्रशान्त क्षेत्रीय सह–संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि हङ्गकङ्गमा रहेका समाजसेवी गुरूङ्गले नेपालको सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण सहयोगहरू गर्दै आएका छन् । मातृभूमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका गुरूङ्गले समृद्ध नेपालको अभियानमा कुशलतापूर्वक लाग्दै र सहयोग गर्दै आएका छन् ।
एनआरएनए आन्दोलनमा लामो समयदेखि होमिएका गुरूङ्ग विश्वभरी रहेका नेपालीको हक, हित र उन्नति प्रगतिका लागि निरन्तर लाग्दै आएका छन् । “सकारात्मक पहलको निरन्तरता, परिणाममुखी कार्यको प्रतिवद्धता” भन्ने मूल नाराका साथ उनको आगामी विश्व सम्मेलनमा सह–संयोजक पदमा उम्मेदवारी रहेको छ ।
अग्रजहरूको सकारात्मक कामलाई निरन्तरता, पारदर्शीता, भू.पू. सैनिकको आवाजको बुलन्दता, प्राविधिक शिक्षामा जोड, शिक्षा र स्वास्थ्यमा जोड लगायतका प्रतिवद्धताका साथ गुरूङ्गले उम्मेदवारी दिएको बताए ।
विश्वभर रहेका नेपालीहरूले आफूलाई सो विश्व सम्मेलन मार्फत् वर्ष २०२१–२३ का लागि एसिया प्रशान्त क्षेत्रीय सह–संयोजक पदमा विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू सधैँ नेपाल, नेपाली, एनआरएनए र विश्वभर रहेका नेपालीहरूको हितमा सधैँ लागि रहको र लागि रहने समेत बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा