ईपीएल क्रिकेटः ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १५ : ४८
ईपीएल क्रिकेटः ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौँ किङ्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले हराएको हो।

काठमाडौँले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। ललितपुरका लागि पवन सर्राफले सर्वाधिक ६१ रन बनाए। यस्तै योगेन्द्र सिंह कार्कीले ३३, रणजंग मिक्यो दोर्जीले १७, शंकर रानाले १४ र नारायण जोशीले १२ रन बनाए।

बलिङतर्फ काठमाडौँका जितेन्द्र मुखियाले ४, गुल्सन झाले २ र रियान बुर्लले २ विकेट लिए।

१५८ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको काठमाडौँले १४ ओभर दुई बलमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उसका लागि रियान बुर्लले नटआउट ७३ रन बनाए। यस्तै रहमानुल्लाह गुरबाजले ५९ र राजु रिजालले १९ रनको योगदान दिए।

ललितपुरका पवन सर्राफले एक विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस