ईपीएलको चौथो संस्करण आजबाट शुरु, उदघाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १० : १२
ईपीएलको चौथो संस्करण आजबाट शुरु, उदघाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताको चौथो संस्करण आज सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्दै छन्।

खेल नेपाली समयानुसार दिउँसो सवा १२ बजे सुरु हुने आयोजकले जनाएको छ। कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर तथा सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौं दुवै आफ्नै विजयबाट खेलको उद्घाटन गर्ने योजनामा छन्। 

चौथो संस्करणको ईपीएल आज असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन्।

यसबाट शीर्ष चार टोली क्वालिफायर चरणका लागि छनोट हुनेछन्। पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ। उपाधि विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

यसपटकको ईपीएलमा २४ जना विदेशी खेलाडी सहभागी हुँदै छन्। हरेक टोलीमा ४र४ जना विदेशी खेलाडी रहने भएका हुन्। ६ टोलीमा बाँडिने ती २४ खेलाडी ११ देशका छन्।
 

प्रतिक्रिया दिनुहोस