ईपीएलका लागि काठमाडौं किंग्स इलाभेनद्वारा टीम घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १६ : ४०
ईपीएलका लागि काठमाडौं किंग्स इलाभेनद्वारा टीम घोषणा

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि काठमाडौं किंग्स इलाभेनले टीम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं किंग्स इलाभेनले कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शादिह अफ्रिदीसहितको टीम घोषणा गरेको हो ।

खेलमा अफ्रिदीले १० नम्वरको जर्सी लगाएर खेल्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अफ्रिदीले नेपालीहरूले गरेको न्यानो स्वागतबाट आफू निकै खुसी भएको बताए ।

उनले यसपटक एभरेस्ट प्रिमियर लिगमा पुरै सिजन नभएर केवल दुई खेल मात्रै खेल्ने पनि जानकारी दिदै नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफूले सँधै साथ दिने बताए ।

आफू केवल क्रिकेट खेल्न मात्र नभएर नेपाल र पाकिस्तान बीचको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउनसमेत आएको अफ्रिदीले बताए । त्यस्तै काठमाडौं किंग्स इलेवनका कप्तान सन्दीप लामिछानेले आफ्नो टिम ईपीएलका लागि तयारी रहेको र टिम उत्कृष्ट रहेको बताए ।

पाकिस्तानी अलराउण्डर शाहिद आफ्रिदी आउनले टिममा राम्रो प्रभाव परेको उनले बताए । काठमाडौं किंग्स इलेवनले शनिबार ईपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध खेल्दैछ ।असोज ९ देखि २५ गतेसम्म हुने लिगमा ६ टिमले प्रतिष्पर्धा गर्नेछन् । खेल टीयू खेल मैदान कीर्तिपुरमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस