तालिवानले कठोर सजाय व्यूँताउनै लागेको हो ?

एजेन्सी

शुक्रबार, ०८ असोज २०७८, १२ : ३९
तालिवानले कठोर सजाय व्यूँताउनै लागेको हो ?

एजेन्सी । दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो । सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा  बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो ।

महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो । उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए ।

पाँच साताअघि काबुल कब्जा गरेका तालिवान फेरि सत्तामा फर्किएका छन् ।  तर, महिला मन्त्रालय खारेज गरिएको छ भने दन्डमामिला हेर्ने मन्त्रालयल व्यूँउताइएको छ । तालिवानको सत्तापलटपछि त्रासका कारण कार्यलय नगएका महिला कर्मचारीलाई काममा नफर्कन उर्दी जारी गरिएको छ । अलग्गै पढाउने व्यवस्था नगरिएसम्म छात्रालाई विद्यालय जान रोक लगाइएको छ ।

विश्वविद्यालयका छात्राले अलग्गै पोसाक लगाउनुपर्नै नियम बसालिएको छ । र, आफ्ना अधिकार कटौती भएको बिरोधमा प्रदर्शनमा उत्रिएका महिलामाथि बन्दूक तेर्साइएको छ ।

तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका छन् । ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन् । यो आ–आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भने । ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन् । हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस