काठमाडौं । एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो ।
स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्याकमेल गर्दै बलात्कार गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई बलात्कार गरिएको अधिकारीहरुले बताएका छन् ।
बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन् । भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको बलात्कार र त्यसपछि हत्या भएको थियो । ‘निर्भया प्रकरण’ नामले यो घटना कुख्यात थियो । यस घटनाले बढाएको जनआक्रोशपछि भारतले यौनजन्य अपराधविरुद्ध कडा सजायको व्यवस्था गरेको छ ।
तर, कानून कडा हुँदाहुँदै पनि गम्भिर बलात्कारका घटनाका कमी आएको देखिँदैन । नेशनल क्राइम रेकर्डस् ब्युरोका अनुसार २०२० मा २८ हजार ४६ वटा बलात्कारका घटना दर्ज भएका थिए, अर्थात् दैनिक ७७ वटा बलात्कारका उजूरी परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ