काठमाडौं । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो।
सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा छ लाख रूपैयाँ माग गरेको अडियोसहित उजुरीसमेत परेको छ।
विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै शर्मिला थापा दाहालले प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्। उनीसँग यो विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन। तर डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको बताए।
‘मैले ती महिला चिनेको छैन उनले मेरो नाममा कसरी पैसा मागिन् म ती महिलाको खोजी गरिरहेको छु, यो कुरा कसरी बाहिर आएको थाह भएन मलाई नियोजित रूपमा फसाउन खोजियो,’ डिआइजी रन्जितकारले भने। शिक्षक पाण्डेको विषयमा पनि यही अडियो आएपछि मात्रै जानकारी राखेको पनि डिआइजीको भनाइ छ। ‘म असार १४ मा यहाँ आएको हुँ शिक्षक नियुक्तिको कुरा चैतमै टुंगिएको रहेछ अहिले मेरो नाममा किन पैसा मागियो थाह भएन,’ डिआइजी रन्जितकारले भने।
तर पीडित शिक्षक उदेश पाण्डेले भने डिआइजीको नाममा पैसा मागेको स्कुलका प्रिन्सिपलले पनि छुट्टै पैसा मागेकाले केही रकम बुझाइको समेत बताएका छन्। पहिले कुरा मिलेको भन्दै अलिकति बढी लाग्ने ती महिलाको भनाइ छ। ‘पुलिस स्कुलका प्रिन्सिपल, डिआइजी र अर्का एकजना बाहिरका मानिसलाई दिनुपर्ने भएकोले तपाईंले सोचेभन्दा बढी अर्थात् छ लाख रूपैयाँ दिनुपर्नेछ,’ ती महिलाले शिक्षक पाण्डेसँग भनेकी छिन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०७ असोज २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
नवलपरासीमा घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ