काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पनि बिस्तारै एमालेकरण हुदै गएको बताएका छन् । सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले एमालेलाई झुट, बेइमानी, जालझेल, भष्ट्राचार, पद जसरी नि प्राप्त गर्ने, गुट नै गुट भएको पनि संज्ञा दिए । एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलागतय १० जना नेताले आत्मसमर्पण गरेकोमा अनौठो लागेको बताउदैं उनले आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको बताए ।
उनले भने, ‘जो वैचारिक भन्थे तिनीहरुले पनि आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई । केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ । मलाई उहाँहरुले सिकाएको हो,” उनले भने,“ घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर । दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।”
उनले एमाले अध्यक्ष केपी ओली झुट बोल्न सिपालु भएको आरोप पनि लगाए । नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरु भने ट्रायकमा हिँडेको र आफूहरुले सहयोग पनि गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत