काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकि छिन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरिन् ।
त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०२ असोज २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी