चितवन । पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवादमा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति टाउकोमा घनले हानेर लामाको हत्या भएको हो। हत्यामा संगल्न भएको आरोपमा उनका छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच विवाद भएको थियो सोही क्रममा दशरथले लामालाई घनले प्रहार गरेका हुन्। आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो।
प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए । त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका एसपी अधिकारीले जानकारी दिए। मृतकको शव राति नै प्रहरीले भरतपुर अस्पतालमा पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्दा चितवनमा खपिनसक्नु वायु प्रदुषण
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?
चितवनमा रविका समर्थकद्वारा प्रदर्शन
चितवनलाई चिनाएको क्यान्सर अस्पताल
चितवन खाद्यान्नमा आत्मनिर्भर