चितवन । पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवादमा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति टाउकोमा घनले हानेर लामाको हत्या भएको हो। हत्यामा संगल्न भएको आरोपमा उनका छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच विवाद भएको थियो सोही क्रममा दशरथले लामालाई घनले प्रहार गरेका हुन्। आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो।
प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरभितर भएका थिए । त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका एसपी अधिकारीले जानकारी दिए। मृतकको शव राति नै प्रहरीले भरतपुर अस्पतालमा पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस