काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् ।
‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’
कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए । ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता