सङ्खुवासभा हत्या प्रकरण

सङ्खुवासभामा सामुहिक हत्या गरिएकाको डीएनए परिक्षण गरिदैं

पत्रपत्रिकाबाट

शनिबार, २६ भदौ २०७८, ०७ : ५८
सङ्खुवासभामा सामुहिक हत्या गरिएकाको डीएनए परिक्षण गरिदैं

काठमाडौं । सङ्खुवासभाको  मादी नगरपालिका वडा नम्बर १ उम्लिङ्गमा भएको    सामुहिक    हत्या    प्रकरणको    अनुसन्धानका  क्रममा  शङ्कास्पद  केही  व्यक्तिको  डीएनए  परीक्षण  पक्रिया  अगाडि  बढाइएको छ ।   

गत  सोमबार  भएको  सामुहिक  हत्या   काण्डमा   संलग्न   अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको   प्रहरीले   अनुसन्धान   प्रक्रिया   अगाडि   बढाउने   क्रममा   मृतकहरूसँग   प्रत्यक्ष  र  अप्रत्यक्ष  जोडिने  आफन्त  तथा  छिमेकी  केही  व्यक्तिको  डीएनए  परीक्षण  प्रक्रिया सुरु गरेको हो ।   

हत्यारा   नजिक   पुग्न   प्रहरीले   मानवीय  तथा  प्राविधिक  दुवै  कोणबाट  अनुसन्धान  प्रक्रिया  अगाडि  बढाइरहेको  छ   ।    चार  दिनअघि  मादी  नगरपालिका–  १   उम्लिङ्गका   तेजबहादुर   कार्कीसहित   उनकै  परिवारका  छ  जनाको  सामुहिक  हत्या   भएको   थियो   ।  

सो   हत्याको   अनुसन्धानका  लागि  प्रदेश  नम्बर  १  प्रहरी  कार्यालयका  प्रहरी  नायब  महानिरीक्षक  अरुणकुमार  बिसी  नेतृत्वको  प्रहरी  टोली,  केन्द्रीय  अनुसन्धान  ब्युरो  ९सीआईबी०को  टोली,  सङ्घीय  इकाई  प्रहरी  कार्यालय  धरानको  टोली  र  जिल्ला  प्रहरी  कार्यालय  सङ्खुवासभाको  टोलीले  अनुसन्धान  गर्दै  आएको छ ।गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस