सप्तरी । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका ५ स्थित राजविराज(कुनौली सडक खण्डमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा विष्णुपुर गाउँपालिका ५ का ६० वर्षीय लेल्है खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
राजविराजबाट बिष्णपुर जाँदै गरेको को ७प४४१० नम्बरको मोटरसाइकल स१त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते खंगको उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका(३ सखरपुराका विनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ। चन्दनले आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गर्ने क्रम्मा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका(३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ घर नजिकैको पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । तीनै जनाको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु