आँखा अस्पतालमा शंकास्पद वस्तु भेटियो, बम रहेको आशंका

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १२ : २२
आँखा अस्पतालमा शंकास्पद वस्तु भेटियो, बम रहेको आशंका

काठमाडौँ । पुरानो बानेश्वरस्थित आँखा अस्पताल भएको एक भवनमा शंकास्पद वस्तु भेटिएको छ । मात्रिका आई सेन्टर भएको भवनमा बिहीबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो।

नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस