१० अर्ब डलर लगानी गर्ने लक्ष्य

पत्रपत्रिकाबाट

विहीबार, २४ भदौ २०७८, ०७ : ५३
१० अर्ब डलर लगानी गर्ने लक्ष्य

काठमाडौं । लगानी बोर्डले अबको पाँच वर्षमा १०  अर्ब  डलर  बराबरको  विदेशी  लगानी  स्वीकृत  गर्ने  लक्ष्य  अगाडि  सारेको  छ  ।  दसौँ  वार्षिकोत्सवका  अवसरमा  रणनीतिक  योजना  सार्वजनिक  गर्दै  बोर्डले  उक्त  लक्ष्य  सार्वजनिक गरेको हो ।

त्यस्तै  उक्त  अवधिमा  छ  अर्ब  डलर  बराबरको  सार्वजनिक–निजी  साझेदारीका  परियोजना  व्यवस्थापन  गर्ने,  एक  लाख  रोजगारी  सिर्जनामा  सहयोग पु¥याउने लक्ष्य पनि तय गरेको छ  । 

बोर्डलाई  सार्वजनिक–निजी  साझेदारीको  उत्कृष्टताको  केन्द्रको  रूपमा  विकास  गर्ने  योजनालाई  पनि  रणनीतिक योजनामा समेटिएको छ । यसबाहेक परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय र साझेदारीमार्फत आर्थिक  समृद्धिका  लागि  नेपाललाई  आकर्षक  लगानी  गन्तव्य  बनाउने  बोर्डको लक्ष्य छ । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस