बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक

एजेन्सी

बुधबार, २३ भदौ २०७८, १३ : ०३
बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले सामाजिक मार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका हुन् ।

उनकी आमा अस्वस्थ भएपछि केही दिन देखि आइसियूमा उपचाररत थिइन् । अभिनेता कुमारले सामाजिक संजालमा भनेका छन्, ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु । मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शान्तपूर्वक यो विश्वबाट बिदा हुनुभयो । उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गुज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको इज्जत गर्छु । ओम शान्ति’ ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस